
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व “अवस्था, अवसर र चुनौती” विषयक अन्तरक्रिया गोष्ठीमा बोल्दै मन्त्री यादवले महिलाहरु कमजोर नभएको बताउनुभयो । उहाँले महिलालाई अवसर दिने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्ने जिकिर गर्नुभयो ।
मन्त्री यादवले नेपालमा राष्ट्राध्यक्ष बनेर विद्यादेवी भण्डारीले नेतृत्व गरिसक्नुभएको उल्लेख गर्दै महिलाहरु कमजोर नरहेको बतउनुभयो । उहाँले नेपालको राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्यसचिव बनेर देशको नेतृत्व गरिसक्नुभएको भन्दै महिलालाई अवसर दिनुपर्ने जरुरी रहेको बताउनुभयो । खानेपानी उपभोक्ता महासंघमा पनि ४२ हजार उपभोक्तामध्ये १ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्ने निर्णय गरेर देखाउन महासंघ अध्यक्षसँग आग्रह गर्नुभयो ।
मन्त्री यादवले शिक्षामा महिलाहरु धेरै अघि बढिसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्