१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


व्यवसायिक खेती गरी कृषिमा आत्मनिर्भर बनौं : मन्त्री अधिकारी


390
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यवसायिकरण गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा आयोजित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री अधिकारीले अहिले भइरहेको पुरातन खेती प्रणालीले कृषिमा आत्मनिर्भर बन्न नसकिने बताउनुभयो । उहाँले वर्षभरी माटोसँगै खेल्ने किसानकै घरमा ६ महिना पनि खान नपुग्ने अवस्था रहेको बताउनुभयो । उहाँले कृषिलाई व्यवसायिकरण गर्नका लागि विभिन्न चरणमा नीति निर्माण गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । खाद्यवस्तु आयात गरेर सधैँ गुजारा नचल्ने भन्दै उहाँले मन्त्रालयले ठोस नीति निर्माणका लागि मन्त्रालयले गम्भीरतापूर्वक सोचेको बताउनुभयो ।

मन्त्री अधिकारीले किसानलाई गरिबीबाट मुक्त दिलाउने गरी तल्लो तहका किसानलाई अगाडि बढाउन नीति निर्माणका लागि सुझाव पेश गर्न समिति सदस्यहरुलाई आग्रह गर्नुभयो । मन्त्रालयमा आएको सुझावहरु एकीकृत गरी नीति निर्माण तहमा पु¥याउने उहाँको भनाइ छ ।