१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


‘खाद्य सुरक्षा र व्यावसायिक खेतीमा जोड दिनुपर्छ’


91
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषिखाद्य सुरक्षा तथा व्यावसायिक खेतीका बारेमा फरक ढंगले सोचेर काम गर्नुपर्ने बतउनुभएको छ ।

सोमबार सिंहदरबारमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सचिव शर्माले खाद्य सुरक्षाका साथसाथै कृषिलाई व्यावसायिकरण गर्नुपर्नेका जोड दिनुभएको हो ।

सचिव शर्माले खाद्य सुरक्षालाई राष्ट्रिय सुरक्षासँग जोड्नुपर्ने बताउनुभयो । उहाँले धनी देशहरुले पनि खाद्य सुरक्षा र राष्ट्रिय सुरक्षाको विषयलाई संवेदनशील ढंगले सोच्न थालेको बताउनुभयो । उहाँले पहिला खाद्य सुरक्षा गरेर कृषिलाई व्यावसायिकरण गर्नुपर्ने बताउनुभयो । नेपालमा जीविको पार्जनका लागि गरिने कृषि विस्थापित भइरहेको उहाँको भनाइ छ । उहाँले आम्दानी बढ्ने भएकाले व्यवसायिक कृषि प्रणालीमा किसानको आकर्षण बढ्न थालेको बताउनुभयो ।

कृषि, सहकारी तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले एकात्मक नीतिलाई संघीयता अनुरुप कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । नीति नियम धेरै बनाउँदा कार्यान्वयमा समस्या आउने उहाँको भनाइ छ ।

समितिको बैठकमा विज्ञहरुले किसानलाई पेन्सन दिने व्यवस्थाका लागि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्नेमा जोड दिएका छन् । किसानको पेन्सन सुविधाका लागि राज्यले गर्नसक्ने योगदानका बारेमा नीति बनाएर प्रवद्र्धन गर्नुपर्ने उनीहरुको भनाइ छ ।