१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


विश्व बैंकको सुझावसहितको प्रतिवेदन सार्वजनिक


442
Shares

काठमाडौं । नेपालको आर्थिक वृद्धि क्षेत्रीय समकक्षी राष्ट्रहरूको तुलनामा निकै पछाडि रहेको जनाउदै आर्थिक वृद्धि र रोजगारी सिर्जनाका लागि विश्व बैंकले चार सुझाव सहितको प्रतिवेदन सार्वजनिक गरेको छ ।

नेपालले चरम गरिबी लगभग निवारण गरेर गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै विश्व बैंकले भविष्यमा सुदृढ आर्थिक वृद्धि हासिल गर्न आन्तरिक अवसरहरूलाई खुल्ला गर्ने नीतिगत कदमहरूलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ ।

निर्यातमा गिरावट, औद्योगिक क्षेत्रको गतिहीनता र न्यून उत्पादकत्व जस्ता संरचनागत चुनौतीहरूले नेपालको अर्थतन्त्रलाई पछाडि धकेल्नुका साथै गैर–कृषि क्षेत्रमा रोजगारी सिर्जना सुस्त भएको तथा आन्तरिक रोजगारी अवसर सीमित हुँदा युवा श्रमिकहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन सार्वजनिक गर्दै मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका क्षेत्रीय देशीय निर्देशक डेभिड सिस्लेनले मुलुकको आर्थिक सम्भावना अझै पूर्ण रुपमा उपयोग हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा शिवराज अधिकारीले नेपाल सरकार दिगो आर्थिक वृद्धिका लागि अनुकूल नीतिगत वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो । आप्रवासनलाई व्यवस्थित गर्दै सो बाट थप लाभ उठाउने, वैदेशिक रोजगारीमा गएर फर्किएकाहरुलाई आन्तरिक बजारमा व्यवस्थापन गर्ने तथा सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका आर्थिक सम्भावनालाई उजागर गर्न प्रमुख क्षेत्रहरूमा नीतिगत सुधारको सिफारिस पनि गरेको छ ।

प्रतिवेदनले नेपालको डिजिटल क्षेत्रमा सुधार ल्याउन दूरसञ्चार ऐन परिमार्जन गर्नुका साथै डिजिटल रणनीति अवलम्बन र डिजिटल पूर्वाधारको विकास गर्नुपर्ने बताएको छ ।