
काठमाडौं । कैलालीको सिमली जंगलमा विगत तीन सातादेखि बस्दै आएका विभिन्न देशका विदेशी नागरिकहरुलाई प्रहरीले हटाएको छ ।
‘रेन्बो फेमिली ग्यादरिङ समूह भनी सदस्य बताउने अमेरिका, भारत, चीन लगाएत ५० भन्दा बढी विदेशी नागरिकहरु नेपाल भ्रमणका क्रममा रकम समाप्त भएकाले कैलालीको घोडाघडी नगरपालिका ९ स्थित सिमली जंगलमा बस्दै आएका थिए । सोही क्रममा उनीहरुले जथाभावी रुपमा आगो बाल्ने र लागुपर्दाथ समेत सेवन गर्ने गरेका कारण प्रहरीले हटाएको हो । तर केहीले भने आफनो देश फर्कन नेपाल सरकारले खर्च जुटाउनु पर्ने भन्दै जंगल नछोड्ने अडानमा रहेका छन् ।
स्थानीय प्रशासनले उनीहरूलाई उक्त ठाउँ छाड्न यसअघि नै निर्देशन दिएतापनि अटेर गरेपछि प्रहरीले हटाएको हो । पर्यटक भिसामा नेपाल आएका उनीहरू आफूलाई ‘नेचर लभर’ भएको दाबी गर्दै उक्त जंगलमा बस्दै आएका हुन ।
प्रतिक्रिया दिनुहोस्