
एजेन्सी । अमेरिकाले युक्रेन र रुसबीचको युद्ध अन्त्यको विषयमा साउदी अरबमा भएको वार्ता सकारात्मक रहेको जनाएको छ ।
अमेरिकी र युक्रेनी प्रतिनिधि सहभागी वार्तामा ऊर्जा लगायतका महत्वपूर्ण विषयमा छलफल भएको बुझिएको छ ।
युक्रेनी रक्षामन्त्री रुस्टम उमेरोभले अमेरिकी अधिकारीसँगको वार्ता सकारात्मक रहेको जनाउँदै युक्रेन समग्र रुपमा युरोपको भविश्यको सुरक्षासहित स्थायी शान्तिको पक्षमा रहेको जानकारी दिनुभएको छ ।
यसअघि अमेरिकाले राखेको ३० दिने युद्ध विरामको प्रस्ताव युक्रेनले स्वीकार गरे पनि रुसले अस्वीकार गरे पनि दुवै देश ऊर्जा केन्द्र र भौतिक संरचनामा आक्रमण नगर्ने कुरामा भने सहमत भएका थिए । युक्रेन र रुसबीचको युद्ध रोक्न अमेरिका मध्यस्तकर्ताको रूपमा लगातार वार्तामा रहेको छ ।
यो वार्तापछि अब रुस र अमेरिकी प्रतिनिधीबीच पनि वार्ता हुने अमेरिकी अधिकारीहरुको भनाइ छ । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभका अनुसार युक्रेनका बारेमा रुस-अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्