
काठमाडौं । महोत्तरीमा एक जना पुरूषको विभत्स तरिकाले हत्या गरेको आरोपमा उनकै श्रीमती पक्राउ परेकी छन् ।
धनुषा क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका शिवशंकर महतोको गत शुक्रबार शव फेला परेको थियो । सागरनाथ वन विकास परियोजनाको जंगलमा फेला परेको शवको बिषयमा अनुसन्धान गर्दा महतोकै श्रीमतीले टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेको खुलासा भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवारका अनुसार गत शुक्रबार साँझ गौशाला नगरपालिकाको रेलवे ट्र्याक नजिक शव फेला परेको थियो । शवको प्रकृति हेदाए मृतकको टाउकोमा खुकुरी प्रहार गरिएको र जलाइएको अवस्थामा शव फेला परेको हो ।
सृजनाले उनको श्रीमान्को हत्या पछी सनाखत गर्न नसकियोस् भनेर उनको अनुहार जलाएको अनुसन्धानबाट खुलेको छ । डिएसपी जयसवारका अनुसार घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता रहेकाले अन्यको खोजी कार्य भइरहेको छ । सृजनाले घरायशी झगडाका कारण श्रीमतीको हत्या गरेको स्वीकारेका छन् । घटनाबारे थप अनुसन्धान प्रक्रिया जारी छ ।
प्रतिक्रिया दिनुहोस्