१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


शेयर बजारमा वृद्धि


221
Shares

काठमाडौं । शेयर दोहोरो अंकको सुधार आएको छ ।

सोमबार २६ अंकले उकालो लागको बजार २६ सय ४५ विन्दुमा पुगेर थामियो । तर कारोवार रकम भने उल्लेख्य रुपमा घटेको छ ।

आइतबार ६ अर्ब ३२ करोडको कारोवार भएको बजारमा सोमबार साढे ४ अर्ब तलै रह्यो । कारोवारमा आएका सबै उपसमूह हरियो रहेको बजारमा वित्त समूहमा तीन प्रतिशत बढीले उकालो लाग्दा अन्य समूह करिब दुई प्रतिशतले बढेको छ । यस्तै होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र व्यापार समूहमा १ प्रतिशत माथिको बृद्धि आयो ।

सोमबार २ सय १० कम्पनीको शेयर मूल्य बढ्दा ३३ कम्पनीको घटेको छ । सोमबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेबलमा कारोवार भएको नेप्सेले जनाएको छ । कारोवारका हिसाबमा हिमायन रि इन्योरेन्सको शेयर सर्वाधिक ३२ करोड ६९ लाखको भएको छ ।

सोमबार ३ सय २६ कम्पनीको ९७ लाख बढी कित्ता शेयर ४ अर्ब ४८ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।