१५ चैत्र २०८१, शुक्रबार | Sat Mar 29 2025


सरकारले सकसमा परेको निर्माण व्यवसायको सम्बोधन गरेन : अध्यक्ष सिंह


923
Shares

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसाय सकसमा परेको बताउनुभएको छ ।

सोमबार नेपाली कांग्रेस पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कांग्रेस निकट निर्माण व्यवसायीहरुको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष सिंहले समस्या समाधानका लागि नियमावली संशोधनका लागि सरकारलाई सुझाव दिएको तर त्यसको कुनै सुनुवाई नभएको बताउनुभयो । उहाँले सरकारले निर्माण व्यवसायीको समस्या सम्बोधनका लागि पहल नगरेको गुनासो गर्नुभयो ।

अध्यक्ष सिंहले व्यवसायीहरुसँग छलफलै नगरी सरकारले संशोधित नियमावली ल्याउन लागेकाले निर्माण व्यवसायीहरुको समस्या समाधान हुनेमा ढुक्क हुन नसकिने बताउनुभयो । उहाँले सरकारले व्यवसायीहरुको साझा धारणा पहिल्याएर नियमावली संशोधन नगर्दा पटक पटक संशोधन गर्नुपर्ने अवस्था आएको आरोप लगाउनुभयो ।

अध्यक्ष सिंहले अर्थतन्त्रलाई चलायमान बनाउने निर्माण व्यवसायी देशको समृद्धिको संवाहक भएको बताउनुभयो । उहाँले केही उद्योगहरुले गरेको कार्टेलिङलाई सरकारले प्रोत्साहन गरेको आरोपसमेत लगाउनुभयो ।