१५ चैत्र २०८१, शुक्रबार | Sat Mar 29 2025


‘हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउन माग’


910
Shares

काठमाडौं । हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउन सांसदहरुले माग गरेका छन् ।

सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांस्दहरुले यस्तो माग गरेका हुन् ।

हवाई भाडा महंगो भएकै कारण विदेशबाट नेपाल आउन लागेका नेपाली नागरिहरु समेत विदेशी एयरलाइसन्सको प्रयोग गर्न बाध्य रहेको उनीहरुको भनाइ छ ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद उदय समशेर जबराले नेपाल आउन महंगो हुने तर यहाँ आइसकेपछि सस्तो हुने भएको कारण पर्यटकहरुमा समेत नकारात्मक प्रभाव पर्ने बताउनुभयो । उहाँले पर्यटकलाई नेपाल आउन सस्तो गर्न सकेको अवस्थामा नेपाल आएर महंगो खर्च गर्नसक्ने उहाँको विश्लेषण छ ।

सांसद जबराले अमेरिका, थाइल्याण्ड लगायतका मुलुकहरुमा हवाई भाडा सस्तो र त्यहाँ हुने खर्च महंगो रहेको उल्लेख गर्दै नेपालमा ठिक उल्टो भइरहेको बताउनुभयो । उहाँले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा एयर फेयरसम्बन्धी नीति र करको विषयलाई सम्बोधन गर्न आग्रह गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विमानस्थल भन्सार कार्यालयहरु ८÷१० जना भन्सार एजेन्को कब्जामा रहेको टिप्पणी गर्नुभयो । उहाँले ७ सय बढी भन्सार एजेन्टहरु रहेको अवस्थामा देशभरका विमानस्थलहरुमा ८र१० जना एजेन्टले मात्र चलाइरहेको बतउनुभयो । उहाँले विदेशमा बसेर समेत नेपालमा विमानस्थल भन्सार कार्यालय कब्जा गरिएको उल्लेख गर्दै मन्त्रालयको मिलोमतोमा त होइन रु भन्दै प्रश्न गर्नुभयो । भन्सार एजेन्टको उचित व्यवस्थापनको लागि उहाँले मन्त्रालयको ध्यानाकर्षण समेत गराउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले पुँजीगत खर्च बढाउनुपर्ने बताउनुभयो । उहाँले आर्थिक वर्ष सकिन ४ महिना मात्रै बाँकी रहँदा समेत १५ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु चिन्ताजनक विषय रहेको बताउनुभयो । उहाँले निजगढ विमानस्थलमा किन प्रगति भएन रु भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले सरकारले प्राथमितका साथ काम गरिरहेको भनेको निजगढ विमानस्थलको प्रगति शुन्य जस्तै भएको तर्क गर्नुभयो ।

सांसद खनालले नेपाल आउने पर्यटकको तथ्यांक मन्त्रालयले देखाएको तथ्यांकसँग मेल नखाने समेत बताउनुभयो । उहाँले गैरआवासीय नेपाली नागरिकलाई समेत पर्यटकको संख्यामा गणना गर्दा समस्या भएको बताउनुभयो । उहाँले नेपालमा पर्यटकका रुपमा आउने गैरआवासीय नेपाली नागरिकले मुलुकको अर्थतन्त्रमा सहयोग गरे÷नगरेको विश्लेषण गर्न जरुरी रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले जनकपुर विमानस्थलाई स्तरोन्नति गर्न माग गर्नुभयो । उहाँले मुलक संघीय प्रणालीमा गइसकेपछि सबै प्रदेशमा क्षेत्रीय विमानस्थलहरु घोषणा गरिएपनि मधेश प्रदेशको राजधानीमा रहेको जनकुपुर विमानस्थलको काम हुननसकेको बताउनुभयो ।

समितिको सोमवारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको कार्य प्रगति एवं अगामी आर्थिक वर्षको योजना, रणनीति एवं कार्यक्रमको बारेमा छलफल भएको छ ।