१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि अर्को सर्च कमिटी बनाउने शिर्ष तीन दलबीच सहमति


1.482k
Shares

काठमाडौं । तीन दलका शिर्ष नेताहरूको बैठकमा सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि अर्को सर्च कमिटी बनाउने सहमति भएको छ ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको शिर्ष नेताहरुको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति जुटेको एमाले स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सांसद एवं गृहमन्त्री रमेश लेखक सहभागी हुनुहुन्थ्यो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरुको नियुक्तिको लागि सर्च कमिटि गठन प्रक्रिया अगाडि बढाउने विषयमा परामर्श भएको बताउनुभयो ।

बैठकमा प्रमुख तीन दलका शिर्ष नेतासँगै कांग्रेसबाट गृहमन्त्रीसमेत रहेका नेता रमेश लेखक एमालेबाट प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव शक्ति बस्नेत र खिमलाल देवकोटा सहभागी हुनुहुन्थ्यो ।