१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


भिक्षु सुदर्शन महास्थविरको प्रतिमा अनावरण


546
Shares

काठमाडौं । नेपालका बौद्ध भिक्षु सुदर्शन महास्थविरको प्रतिमा अनावरण गरिएको छ ।

नगर मण्डप श्रीकीर्ति विहार कीर्तिपुरको स्वर्ण जयन्तिको अवसरमा आज संघ नायक भिक्षु बोधिसेन महास्थविर लगायतबाट सुदर्शन महास्थविरको प्रतिमा अनावरण गरिएको हो ।

सो अवसरमा भिक्षु सुदर्शन महास्थविर स्मृति पुस्ताकालय र स्मृति कक्षको समेत उद्घाटन गरिएको छ ।

बुद्ध पूजाबाट शुरु भएको समारोहमा भिक्षु सुगन्ध महास्थिविर, भिक्षु कोण्डय महास्थविर र कीर्तिपुर नगर पालिकाका मेयर कृष्णमान डंगोल लगायतले भिक्षु सुदर्शन महास्थविरले नेपालमा बौद्धधर्मको उत्थानको लागि गरिएको योगदानको चर्चा गर्नु भएको थियो ।

भिक्षु सुदर्शन महास्थविर नगर मण्डप श्रीकीर्ति विहारका सस्थापक हुनुहुन्छ ।