१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


स्रोत नभएका र परिणाम नदिने योजना कटौति गरौं : सभामुख घिमिरे


1.053k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा यथार्थमा आधारित नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।

सोमबार सिंहदरबारमा आयोजित सोह्रौं योजना कार्यान्वयन तथा बजेट तर्जुमा सम्बन्धी आन्तरक्रिया कार्यक्रममा सभामुख घिमिरेले स्रोतले धान्न नसक्ने नीति तथा कार्यक्रमहरु बजेटमा ल्याउन नहुने बताउनुभयो । उहाँले उत्पादन र उत्पादकत्व बढाउने गरी जनशक्ति निर्माण गर्नुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले आत्मनिर्भरताका आधार निर्माण गर्ने क्षेत्रमा राष्ट्रिय योजना आयोगले विशेष योजनाहरु ल्याउनु पर्ने बताउनुभयो । उहाँले स्रोतले धान्न नसक्ने तथा कुनै परिणाम दिन नसक्ने कतिपय योजनाहरु सञ्चालनमा रहेको भन्दै त्यस्ता योजनाहरु बन्द गर्नुपर्नेमा जोड दिनुभयो ।

सभामुख घिमिरेले योजना निर्माण तथा कार्यान्वयनमा तहमा सांसदको भुमिका कस्तो हुने भन्नेबारे बहस र छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले परम्परागत रुपमा योजना निर्माण भएकाले कार्यान्वयनका लागि सिर्जनशिल ढंगले सोच्नु पर्ने औल्याउनुभयो ।

सभामुख घिमिरेले योजना आयोगले पुरानै ढाँचामा नयाँ र महत्वपूर्ण योजना प्रश्तुत गरेको बताउनुभयो । उहाँले योजना आयोगले योजना प्रस्तुत गर्दा नीति निर्माण स्थल संसदमा व्यापक छलफल गर्नुपर्नेको जोड दिनुभयो ।