
एजेन्सी । टर्कीमा सरकारविरोधी प्रदर्शन सोमबार छैटौँ दिन पनि जारी रह्यो । टर्कीको मुख्य शहर इस्तानबुलका मेयर एक्रम इमामोग्लुलाई गत बुधवार भ्रष्टाचारको आरोपमा पक्राउ गरिएपछि प्रदर्शन शुरु भएको थियो ।
लगातारको प्रदर्शनले इस्तानबुलमा जनजिवन अस्तव्यस्त बनेको छ । प्रदर्शन दबाउन १३ सयभन्दा बढीलाई पक्राउ गरिएको छ ।
मेयर इमामोग्लुलाई टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानको मुख्य प्रतिस्पर्धी मानिन्छ । आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई जेल हालेर एर्दोगानले तानाशाही शासन चलाउन खोजेको विपक्षीहरुको आरोप छ । एर्दोगानले भने विपक्षीहरुले देशमा हिंसा निम्त्याउन खोजेको प्रतिक्रिया दिएका छन् ।
राजधानी अंकारामा बोल्दै एर्दोगानले विपक्षी दलले कसैको उक्साहटमा टर्कीको प्रजातान्त्रिक इतिहासमै खराब प्रदर्शन गरिरहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्