
काठमाडौं । ए.एफ.सी एसियन कप फुटबलको छनौट खेलमा आज नेपालले मलेसियाको सामना गर्दैछ । खेल मलेसियामा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ ।
नयाँ प्रशिक्षक म्याट रोसको नेतृत्वमा पहिलो खेल जितेको नेपाल आजको खेलका लागि निकै उत्साहित छ । एसियन कप छनौटमा सकेसम्म माथिल्लो चरणमा पुग्ने नेपालको चाहना छ ।
नेपालले अघिल्लो साता सिंगापुरलाई उसैको मैदानमा १–० ले हराएको थियो । सिंगापुरमा अभ्यास खेलपछि नेपाली टोली सिधै मलेसिया पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्