१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


अप्रिल २ मा धेरै देशहरूलाई भन्सारमा छुट दिन सकिन्छ : ट्रम्प


1.703k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार पारस्परिक भन्सारको लागि अप्रिल २ को समयसीमा नजिकिँदै गर्दा आफूले धेरै देशहरूलाई भन्सारमा छुट दिनसक्ने बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले पारस्परिक भन्सारको लागि आफूले धेरै देशहरुलाई छुट दिने योजना बनाएको बताउनुभयो । लामो समयदेखि धेरै देशहरुसँगको सम्बन्ध राम्रो रहेको र उनीहरुसँग अमेरिकाको सम्बन्ध राम्रो नै राख्ने बताउनुभयो । उहाँले अप्रिल २ लाई मुक्ति दिवसको रुपमा चित्रण गर्नुभयो ।

ट्रम्पले भेनेजुएलाबाट तेल÷ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने बताउनुभयो । राष्ट्रपतिले ल्याटिन अमेरिकी देशलाई हजारौं अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाउनु भयो ।

जेपी मोर्गनका प्रमुख अर्थशास्त्री ब्रुस कास्मानले यस महिनाको शुरुमा अमेरिकी अर्थतन्त्रको बारेमा चिन्ता व्यक्त गर्नुभयो । सिन्ह्वा न्युज एजेन्सी नेपाल