१४ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025


त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु


1.417k
Shares

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकमा मंगलबार बिहान कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ ।

ट्रक चालक रौतहट घर भएका रामनारायण यादवको मृत्यु भएको हो । रौतहटमै घर भएका सहचालक १९ वर्षीय असुन्द्र कुमार यादव भने घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

आज बिहान नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूली नदीमा खसेको बताइएको छ ।

घटनालगत्तै प्रहरीले चालक र सहचालकलाई उद्धार गरी भरतपुर अस्पताल पठाएकोमा घाइते चालक रामनारायणको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।