
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विरोधमा मंगलबार राजधानीसहित देशका विभिन्न स्थानमा स्वस्फूर्त प्रदर्शनहरु भएका छन् ।
राजधानीको माइतीघरमा भेला भएका प्रदर्शनकारीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै नयाँ बानेश्वरतर्फ अघि बढेका छन् । कालो ब्यानर र प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले प्रधानमन्त्री ओली विरुद्ध नारा लगाएका थिए ।
प्रदर्शनकारीहरुले “उज्यालो नेपाल जिन्दावाद, कुलमान घिसिङ जिन्दावाद, ओली सरकार मुर्दावाद, जागो जागो अब त जागो, जस्ता नारा लगाएका थिए । प्रदर्शनकारीहरुले नयाँ बानेश्वरको निषेधित क्षेत्रको अवरोध तोड्न खोज्दा प्रहरीसंग धकेलाधकेलको अवस्था आएको छ । उता, चितवको भरतपुरस्थित नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रमा प्रधानमन्त्री ओली विरुद्ध डिजिटल डिस्प्ले गरिएको छ ।
प्राधिकरणको होर्डिङ वोर्डमा “केपी चोर, देश छोड” को नारा डिस्प्ले भएपछि चितवनका एमाले कार्यकर्ताहरु प्राधिकरणभित्र छिरेर कार्यालय प्रमुख रामु श्रेष्ठमाथि आक्रमण गरेका थिए । प्राधिकरणको बोर्डमा घण्टौँसम्म ओली विरुद्धको उक्त नारा डिस्प्ले एको थियो । भरतपुर वितरण केन्द्र प्रमुख श्रेष्ठले भने सिस्टम ह्याकिङ गरी त्यस्तो नारा डिस्प्ले गराइएको बताएका छन् ।













प्रतिक्रिया दिनुहोस्