१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


शेयर बजारमा उच्च अंकले गिरावट


689
Shares

काठमाडौं । सोमबार दोहोरो अंकले बढेको शेयर बजारमा मंगलबार उच्च अंकको पहिरो गएको छ ।

विहान ११ बजे खुलेदेखि घट्न शुरु गरेको बजार ५८ अंकले घटेर बन्द भएको हो ।

आजको पहिरोसंगै नेप्से २५ सय ८२ को विन्दुमा झरेको छ । कारोबारमा आएका सबै उपसूचक ओरालो लागेको बजारमा वित्त समूह सर्वाधिक साढे ३ प्रतिशतले घटेको छ । यस्तै जलविद्युत र विकास बैक समूहमा ३ प्रतिशतको गिरावट आएको छ । यस्तै होटल तथा पर्यटन, लगानी, जीवन बिमा, निर्जिबन बिमा, लघुवित्त समूहमा २ प्रतिशत माथिको गिरावट आउँदा अरु समूह पनि १ प्रतिशत बढीले घटेका छन् ।

मंगलबार ४ स्टकको मात्रै मूल्य बढ्दा २ सय ४० वटा कम्पनीको मूल्य घटेको छ । नारायणी विकास बैकको शेयर मूल्य सर्वाधिक साढे आठ प्रतिशतले घटेको छ । ३ सय ५५ वटा स्टकको एक करोड ११ लाख ५५ हजार कित्ता शेयर ५ करोड १८ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा हिमालयन रि इन्योरेन्सको सर्वाधिक २३ करोड २० लाख रुपैयाँ बढीको शेयर खरिद बिक्रि भएको छ ।