१२ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025


शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानून बनाउन आवश्यक : शिक्षामन्त्री भट्टराई


325
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्ने खालको कानून बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले सरकार शिक्षा क्षेत्रको विस्तारमा ध्यान दिँदा त्यसको गुणस्तरका लागि केही गर्न नसकिएको बताउनुभयो । उहाँले राज्य र विश्वविद्यालयबीचको सम्बन्ध के हो भनेर परिभाषित हुने खालको ऐन आजसम्म बनाउन नसकिएको उहाँको भनाइ छ ।

शिक्षामन्त्री भट्टराईले विश्वविद्यालयहरुलाई खुला रुपमा काम गर्ने वातावरण बनाउन जरुरी रहेको समेत बताउनुभयो । उहाँले जे गर्दा पनि अर्थ मन्त्रालयसँग अनुमति लिनुपर्ने समस्याको कारण वैज्ञानिकहरु समस्यामा परेको बताउनुभयो ।

युवाहरुलाई नेपालमै बस्ने वातावरण निर्माण गर्ने खालको गुणस्तरीय शिक्षा प्रदान गर्ने खालको ऐन बनाउनुपर्नेमा उहाँको जोड छ ।