
काठमाडौं । हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्नुभएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो । सरकारको निर्णयसँगै मंगलवार साँझ शाक्यले कार्यकारी निर्देशकको कार्यभार सम्हाल्नुभएको हो ।
कार्यभार सम्हाल्दै कार्यकारी निर्देशक शाक्यले सरकारले पुनः नियुक्ति गरेसँगै आफूले न्याय पाएको महशुस भएको बताउनुभयो । उहाँले आफ्नो अनुभव र दक्षतालाई अब पुनः शुरु गर्ने बताउनुभयो. । उहाँले विद्युतको क्षेत्रमा अहिले केही ठूला चुनौतिहरु रहेको भन्दै बाहिर सबै ठिक रहेको देखिएपनि भित्र धेरै समस्या रहेको बताउनुभयो ।
कार्यकारी निर्देशक शाक्यले यसलाई सबै मिलेर समूहको रुपमा समाधान गर्ने बताउनुभयो । व्यक्ति भन्दा पनि संस्थालाई प्राथमिकता दिएर समाधान गर्ने जिकिर गर्नुभयो । लोडसेडिङको कुरा हल्ला मात्रै भएको र हुन नदिने प्रतिवद्धता जनाउनुभयो । उद्योगधन्दामा भइरहेको लोडसेडिङ कम गर्ने बताउनुभयो ।
कार्यकारी निर्देशक शाक्यले प्रक्रियागत कुराबाट डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान प्राविधिक रुपबाट गर्ने र निष्पक्षताका साथ काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्