१६ चैत्र २०८१, शनिबार | Sat Mar 29 2025


रुस र युक्रेनलाई युद्धविराम गराउन अमेरिकी पहल


715
Shares

एजेन्सी । रुस र युक्रेनलाई युद्धविराम गराउन अमेरिकी पहल जारी छ । साउदी अरबियामा तीन दिनको शान्ति वार्तापछि ब्ल्याक सी मा आक्रमण रोक्न दुवै देश सहमत भएका छन् ।

नौसेना युद्धविराम सहमतिमा रूस र युक्रेनले अमेरिकासँग छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ । वाशिंगटनले सम्झौताहरूको घोषणा गर्दै सबै पक्षहरूले दिगो शान्ति तर्फ काम गरिरहने बताएको छ ।

ब्ल्याक सी मा आक्रमण नगर्ने सहमतिले एउटा महत्वपूर्ण व्यापार मार्ग पुनः खोल्नेछ । उनीहरूले एकअर्काको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न यसअघि नैं सहमति गरेका थिए । तर रूसले आफ्नो खाद्य र मल व्यापारविरुद्ध धेरै प्रतिबन्धहरू हटाइएपछि मात्र नौसेना युद्धविराम लागू हुने बताएको छ ।

अमेरिकी अधिकारीहरूले दुई पक्षबीच युद्धविरामको मध्यस्थता गर्ने उद्देश्यले रियादमा मस्को र कीभका वार्ताकारहरूलाई छुट्टाछुट्टै भेटिरहेका छन् । रूसी र युक्रेनी प्रतिनिधिमण्डलहरू प्रत्यक्ष रुपमा भने भेटेका छैनन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ब्ल्याक सी मा आक्रमण रोक्ने सम्झौता सही दिशामा एक कदम भएको बताउनुभयो ।