
फाइल तस्बिर
काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिरणको कार्यकारी निर्देशक पदबाट हटाउनुका १० वटा कारणसहित पत्र पठाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई नेपाल विद्युत प्राधिरणको कार्यकारी निर्देशक पदबाट हटाएको जानकारी गराउँदै तीन पन्ने पत्र पठाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई पदबाट मुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार मंगलवार घिसिङलाई औपचारिक पत्रमार्फत् जानकारी गराइएको हो ।
सरकारले अनधिकृत निर्णय, विभिन्न प्रशासनिक, कानूनी, नीति–नियम उल्लंघन, गुटबन्दी र निर्देशन अवज्ञा गरेका कारण घिसिङलाई पदमुक्त गरेको आधार बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्