१६ चैत्र २०८१, शनिबार | Sat Mar 29 2025


प्रतिनिधि सभाको बैठक स्थगित


0
Shares

काठमाडौं । प्रतिपक्षी दलहरुको निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

बुधबार आधा घण्टाको लागि स्थगित भएको बैठक फेरि सुरु भएपनि प्रतिपक्षी लदहरुले बैठकमा अवरोध कायमै राखे ।

प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै संसद अवरुद्ध पारेका हुन् । कुलमानको बर्खास्तीबारे रोष्ट्रमबाट प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरुको माग छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको थियो । घिसिङलाई कार्यकारी निर्देशकबाट पदमुक्त गर्नुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरुको माग छ ।

चित्तबुझ्दो जवाफ नआए फेरि बैठक अवरोध कायमै राख्ने उनीहरुको जिकिर छ । २०७८ साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि साउन २७ मा नियुक्तिपत्र बुझे लगत्तै घिसिङले शाक्यलाई प्रतिस्थापन गरेका थिए । तत्कालीन समयमा आफूलाई हटाएर नियुक्ति पाएका घिसिङको नियुिक्त बदर माग गर्दै शाक्य सर्वोच्च पुगेका थिए ।