
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय माग रहेको टिप्पणी गर्नुभएको छ ।
बुधबार संघीय संसद परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेत बर्तौलाले यस्तो टिप्पणी गर्नुभएको हो ।
एक अमुख कर्मचारीलाई देवत्वकरण गरेर संसदमा प्रतिपक्षी दलको तर्फबाट भएको अवरोधको कुनै औचित्य नभएको प्रमुख सचेत बर्तौलाको भनाइ छ । सरकारले अध्यादेशमार्फत ल्याएका प्रतिस्थापन विधेयकहरुलाई पास गर्न नदिनको लागि दुराशययुक्त ढंगबाट अवरोध सिर्जना गर्ने काम भएको उहाँको आरोप छ । कर्मचारीको नियुक्ति, दमुक्त र सरुव गर्ने सरकारको नियमित काम भएको भन्दै प्रधानमन्त्रीले जवाफ दिइराख्नु नपर्ने उहाँको भनाइ छ ।
प्रमुख सचेत बर्तौलाले कुलमानलाई पदमुक्त गर्ने निर्णयबारे जवाफ दिनैपरेपनि विभागिय मन्त्रीले दिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्