१६ चैत्र २०८१, शनिबार | Sat Mar 29 2025


प्रधानमन्त्री ओलीको जवाफ – ‘एउटा हटायो, अर्को नियुक्ति भयो, सिद्धियो’


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून बनाउन नदिनका लागि प्रतिपक्ष दलहरुले संसद अवरोध गरेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा शान्ति चाहिएको बताउँदै उपद्रो गर्ने छुट कसैलाई नरहेको बताउनुभयो । उहाँले सरकारले कर्मचारी निकालेको जवाफ संसदमा प्रधानमन्त्रीले नदिए संसद चल्न नदिने कुरा राम्रो नभएको भन्दै चित्त नबुझे अरु प्रक्रिया रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्नु नै आफ्नो जवाफ भएको बतउनुभयो । तपाईंहरुले भनेको मान्ने कर्मचारीहरु राखिदिनुपर्ने हो रु भन्दै प्रश्न गर्नुभयो । सरकारलाई असहयोग गर्ने, देशलाई अफ्ठ्यारोमा पार्ने कर्मचारी राखिदिनुपर्ने हो भन्ने उहाँको प्रश्न छ ।

देशलाई एक पाइला अघि बढ्न नदिने तत्वहरु अहिले विरोध गरिरहेको प्रधानमन्त्री ओलीको आरोप छ । १८ गते भित्र अध्यादेशलाई विस्थापन गर्ने प्रतिष्थापन विधेयकहरु पारित हुनुपर्ने कुरा सबैलाई थाहा भएपनि कानून प्रमाणीकरण हुन नदिन यस्तो गरिएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)प्रति लक्षित गर्दै पार्टीको लागि ठूलो घाटा भएकाले छाती पिटीपिटी रोएको बताउनुभयो ।