१६ चैत्र २०८१, शनिबार | Sat Mar 29 2025


गणतन्त्रवादीलाई १५ गतेको जनप्रदर्शनमा उपस्थित हुन समाजवादी मोर्चाको आह्वान


0
Shares

काठमाडौं । चैत्र १५ गते काठमाडौंमा गर्ने जनप्रदर्शनमा उपस्थित हुन समाजवादी मोर्चाले गणतन्त्रवादीहरुलाई आह्वान गरेको छ ।

बुधबार नेकपा (एकीकृत समाजवादी)को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले मोर्चाको तर्फबाट १५ गते हुने जनप्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले मोर्चाको तर्फबाट १५ गते गर्न लागेको प्रदर्शनमा सम्पूर्ण गणतन्त्रवादीहरुलाई उपस्थित हुन आह्वान गर्नुभयो । उहाँले गणतन्त्रको अभ्यासका क्रमा भएका कमीकमजोरीहरुप्रति जनताले गरेको समर्थन र विरोधको नेताहरुले आत्मसमीक्षा गरिरहेको बताउनुभयो । उहाँले नेपालको समाजवादको यात्रालाई रोक्न प्रतिगामीहरुको आन्दोलनमार्फत विदेशी शक्तिले षड्यन्त्र गरेको जिकिर गर्दै नेपाली जनतालाई सचेत हुन आग्रह गर्नुभयो ।

प्रवक्ता विश्वकर्माले अग्रगमनको विरुद्धमा हुने सबैखाले क्रियाकलाप सैह्य नहुने बताउनुभयो । उहाँले राजनीतिक प्रतिगामीहरुको भ्रममा नेपाली जनता नपर्ने जिकिर गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्ने क्रममा भएका त्रुटी सच्याउँदै जानुपर्ने उहाँको भनाइ छ ।