१७ चैत्र २०८१, आइतबार | Mon Mar 31 2025


न्यायमा राजनीति नगर्न राजनीतिक दलहरुसँग पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आग्रह


0
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले न्यायमा राजनीति नगर्न राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संक्रमणकालीन न्यायमा अहिलेसम्म राजनीतिले आरोहण गरिरहेको र न्याय सुस्ताएको जिकिर गर्नुभयो । उहाँले यसमा व्यापक परिवर्तन हुन जरुरी रहेको बताउनुभयो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले आयोग गठन र एउटा ऐन संशोधन गर्ने बित्तिकै संक्रमणकालीन न्यायको सम्बोधन नहुने बताउनुभयो । उहाँले एउटा सक्षम, स्वीकार्य, जनताले मानेको क्षमतावान, बुद्धिमान र विश्वासनीय आयोग बनाउन जरुरी रहेको बताउनुभयो । राजनीतिक इच्छाशक्ति, न्याय, निष्पक्षता, स्वतन्त्रतातर्फ अभिप्रेरित हुनुपर्ने बताउनुभयो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने भन्दै चलखेल नगर्ने इमान्दारिता आवश्यक रहेको बताउनुभयो ।