१७ चैत्र २०८१, आइतबार | Mon Mar 31 2025


अपाङ्गता भएका व्यक्तिले कार्यक्षमताद्वारा अपाङ्गतालाई परास्त गरौं : अध्यक्ष थपामगर


0
Shares

काठमाडौं । आदिवासी जनजाती आयोगका अध्यक्ष रामबहादुर थापामगरले अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो कार्यक्षमताले अपाङ्गतालाई परास्त बनेर सक्षम बन्नुपर्ने बताउनुभएको छ ।

बिहीबारदेखि काठमाडौंमा सुरु भएको दोस्रो आदिवासी तथा अपांगता भएका महिला तथा किशोरीहरुको एशिया प्रशान्त क्षेत्र सम्मेलन २०२५ लाई सम्बोधन गर्दै अध्यक्ष थपामगरले अपाङ्गता भएका आदिवासी जनजातीले विश्वमै उत्पिडन खेप्नुपरेको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुको उत्पिडनको अन्त्यका लागि भाषा र संस्कृति मिल्ने प्यासिफिक एशिया क्षेत्रमा बस्ने आदिवासी जनजातीहरुको संगठन बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जुनसकै क्षेत्रमा अपाङ्गता भएको व्यक्तिहरुको कुरा गर्दा पनि आदिवासी जनजाती महिलाहरु गम्भीर हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष थपामगरले अपाङ्गता भएका आदिवासी जनजातीको हकहितका लागि विश्वभरनै संवैधानिक आयोग गठन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले शारीरिक रुपमा अपाङ्ग भएपनि अपाङ्गता भएको व्यक्तिहरुको बौद्धिकता र मानसिकता अब्बल हुने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिले शारीरिक असक्षमतालाई व्यस्थापन गर्दै मानसिक तिक्ष्णतालाई अगाडि बढाएर सक्षम बन्नुपर्ने उहाँको भनाइ छ ।