
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विकास निर्माणको हिसाबमा ललितपुर महानगरपालिका पुलमय भएको बताउनुभएको छ ।
बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोलामा निर्मित पुल उद्घाटन गर्दै मेयर महर्जनले महानगपालिकाले नगरवासीको सुविधालाई ध्यानमा राखेर आवश्यक स्थानमा पुल निर्माण गरिरहेको बताउनुभयो । उहाँले चक्रपथको कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा ट्राफिक दुर्घटना परेर १६ जनाले ज्यान गुमाएको बताउनुभयो ।
मेयर महर्जनले महानगरपालिका चक्रपथ क्षेत्रमा पुल र बत्तीको समस्याका कारण धेरै दुर्घटना हुने गरेको भन्दै पुल निर्माण र सडक बत्ती जडान गरेर नगरवासीलाई सहजता प्रदान गर्न आफू लागि परेको बताउनुभयो । अपाङ्गतामैत्री पुल निर्माण आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।
मेयर महर्जनले रात्रीकालिन अवस्थामा हवाई जहाजबाट काठमाडौं उपत्यका छिर्ने बित्तिकै जुन शहर उज्यालो देखिन्छ त्यो ललितपुर महानगरपालिका हुनेगरी बत्ती राख्ने काम शुरु भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्