१७ चैत्र २०८१, आइतबार | Sun Mar 30 2025


कुलमानको विषयलाई लिएर प्रतिपक्षले संसद अवरुद्ध पार्नु संविधान विपरित : महेश बर्तौला


0
Shares

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा विपक्षी दलहरुले सदनमा अवरोध गरेर अदालतलाई प्रभावित पार्न खोजेको टिप्पणी गर्नुभएको छ ।

बिहीबार संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो ।

प्रमुख सचेतक बर्तौलाले कुलमान बर्खास्तीको विषय अदालतको क्षेत्राधिकार भित्र प्रवेश गरिसकेको उल्लेख गर्दै सोही विषयलाई लिएर प्रतिपक्षी दलहरुले संसद अवरोध गर्नु संविधान विपरित भएको बताउनुभयो । प्रभावित व्यक्ति न्यायको लागि अदालती प्रक्रियामा गइसकेका कारण संसदमा बहसको विषय बनाउन जरुरी नभएको उहाँको भनाइ छ । प्रतिपक्षी दलहरुले उठाएको विषयमा सरकार जवाफ दिन तयार रहेको भएपनि व्यक्ति विषेशको जवाफ माग गर्नु बेठिक भएको उहाँको भनाइ छ ।

सरकारको नीति र निर्देशन नमानेको कारण प्राधिकरणबाट कुलमानलाई हटाइएको समेत प्रमुख सचेतक बर्तौलाले स्पष्ट पार्नुभयो ।