
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा उच्च अंकको वृद्धि भएको छ ।
बजार परिसूचक नेप्से आज ४१ दशमलव ४३ अंक बढेर २६६३ को विन्दुमा पुगेको छ ।
बजार बढेसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । नेप्सेमा रहेका १३ वटै उपसमूहमा हरियाली छाउँदा ब्यापार उपसमूह सवैभन्दा धेरै ६ प्रतिशतले बढेको छ । २२७ वटा स्टकको मूल्य बढ्दा १६ वटा स्टकको मात्रै मूल्य घटेको बजारमा गुराँस लघुवित्त र सिर्जनशील लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज ३०९ वटा स्टकको ९७ लाख ७२ हजार कित्ता शेयर ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक ५१ करोड १८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्