
एजेन्सी । टर्कीमा इस्तानबुल शहरका मेयर एक्रेम इमामोग्लुलाई गिरफ्तार गरिएसंगै चर्केको आन्दोलनले उग्र रुप लिएको छ ।
लगातार आन्दोलन गर्दै आएका प्रदर्शनकारीहरुले आगामी शनिबार देशैभर विरोध कार्यक्रम गर्ने तय गरेका छन् । यसका लागि सम्पुर्ण नागरिकहरुलाई प्रदर्शनमा सहभागी हुन अपिल समेत गरेका छन् ।
यसका साथै मुस्लिम समुदायको पवित्र महिना रमजान मनाउँदै गरेका व्यक्तिहरूका लागि सार्वजनिक इफ्तार (रोजा खोल्ने) भोजन कार्यक्रम पनि समावेश गरिने जनाइएको छ । टर्की सरकारले इस्तानबुल शहरका मेयर इमामोग्लुलाई एक हप्ता अघि गिरफ्तार गरेको थियो ।
राष्ट्रपति एर्दोगानका प्रमुख राजनीतिक प्रतिद्वन्दी मानिने मेयरलाई भ्रष्टाचारी र आतंकबादलाई सहयोग गरेको आरोपमा पक्राउ गरिएको हो । राजनैतिक प्रतिशोधका कारण गिरफ्तार गरेको भन्दै भएको प्रदर्शनमा जसमा लाखौं जनताले साथ दिइरहेका छन् । सरकारले प्रदर्शनकारीहरूमाथि कडा दमनकारी नीति अपनाएको छ ।
प्रदशर्नकारीहरुमाथि अश्रुग्यास प्रहार गर्नुका साथै ठाउँ ठाउँमा लाठीचार्ज समेत गरिएको छ । प्रदर्शनकै क्रममा १३ सय बढी व्यक्तिहरूलाई गिफ्तार गरिएको छ । जसमध्ये १ सय ७० जनाविरुद्ध अदालती कारबाही नै सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्