१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


अमेरिकासँग पुरानो सम्बन्ध सकिएको क्यानाडाका प्रधानमन्त्रीको भनाइ


0
Shares

एजेन्सी । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको घोषणा गर्नुभएको छ । सुरक्षा र सैन्य सहयोगमा आधारित दुई मुलुकको अर्थतन्त्रको सहसम्बन्ध समाप्त भएको घोषणा गर्दै कार्नेले अब नयाँ ढंगले प्रस्तुत हुने जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठक पछि ओटावामा पत्रकारहरूसँग कुरा गर्दै कार्नेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको सामना गर्दा क्यानाडा राष्ट्रिय अर्थतन्त्रको आधारभूत पुर्नसंरचनामा लाग्ने बताउनुभयो । अमेरिकाले आफ्ना कार उत्पादनमाथि लगाएको २५ प्रतिशत करको बदलामा क्यानाडाले पनि जवाफी कर लगाउने उहाँको चेतावनी छ ।

उता जर्मनीले पनि अमेरिकी करको अगाडि समर्पण नगर्ने प्रतिक्रिया दिएको छ । अन्य ठूला अर्थतन्त्र भएका मुलुकहरुले पनि अमेरिकी करको बदला लिने वाचा गरेका छन् ।

फ्रान्सका राष्ट्रपतिले अमेरिकाको कदमलाई “समयको बर्बादी’’ र “असंगत’’ भन्नुभएको छ भने चीनले वासिङ्टनलाई अन्तर्राष्ट्रिय व्यापार नियमहरू उल्लंघन गरेको आरोप लगाएको छ ।