
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वेन्टी क्रिकेटमा आज चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दैछन् । खेल चेन्नाईमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ ।
दुवै टोली आज लगातार दोस्रो जितको खोजीमा हुनेछन। १८ औं संस्करणको आइपिएल क्रिकेटको पहिलो खेलमा बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको थियो । चेन्नाईले भने आफ्नो पहिलो खेलमा मुम्बई इण्डीयन्समाथि ४ विकेटको जित निकालेको थियो ।
आइपिएल क्रिकेटमा बिहीबार लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्