
काठमाडौं । गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरले आज काठमाडौंमा बेग्लाबेग्लै स्थानमा प्रदर्शन गरिरहेका छन् ।
राजावादीहरूले तीनकुनेमा प्रदर्शन गरिरहेका छन् । तीनकुनेमा निषेधित क्षेत्र तोड्न खोज्ने केही राजावादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राजसंस्था पुनस्र्थापना र हिन्दू राज्यसहितका माग गर्दै राजावादीहरू राजधानीका विभिन्न स्थानबाट तीनकुनेमा भेला भए भएर प्रदर्शन गरिरहेका हुन् । यसै क्रममा राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोड्न खोजेका थिए । निषेधित क्षेत्र तोड्न खोजेपछि केही प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई तीनकुने पुलबाट बानेश्वरतर्फ प्रवेश गर्नबाट रोकेको छ । प्रशासनले उनीहरुलाई रिङरोडबाहिर मात्रै जुलुस निकाल्न दिएको हो ।
प्रतिक्रिया दिनुहोस्