१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


म्यानमारमा शक्तिशाली भूकम्प


0
Shares

एजेन्सी । म्यानमारमा शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार म्यानमारको सगाइङ केन्द्रविन्दु भएर ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

सगाइङ सहरको उत्तर–पश्चिममा १० किलोमिटर गहिराइबाट भूकम्प गएको हो । म्यानमारको राजधानीमा सडकहरू चिरिएका छन् भने थुप्रै घरहरु भत्किएका छन् । भूकम्पको धक्का थाइल्यान्ड र दक्षिण–पश्चिम चीनको युनान प्रान्तसम्म महसुस गरिएको छ । थाइल्याण्डको राजधानी बैंककमा समेत भूकम्पले क्षति पु¥याएको छ ।

बैंककमा थुप्रै भवनहरु ढलेका तस्वीर सामाजिक सञ्जालमा आईरहेका छन् । बैंककका ठूला भवनहरुका माथि रहेका स्विमिङ पुलबाट पानी छचल्किएको भिडियो पनि बाहिर आएका छन् । भूकम्पबाट भएको जनधनको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।