
काठमाडौं । राजसंस्था पुनस्थापनकाको माग गर्दै काठमाडौंको तीनकुनेमा भेला भएका राजावादीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
राजावादी शक्तिहरु तीनकुनेमा सवै भेला नहुदै प्रहरीले प्रदर्शनकारीहरुमाथि अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको हो ।
नयाँ बानेश्वरतर्फको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको बहानामा प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गर्दा थुप्रै प्रदर्शनकारीहरु घाइते भएका छन् ।
अश्रुग्यास प्रहार र लाठीचार्जपछि तीनकुनेमा भेला हुँदै गरेका राजावादीहरु तितरवितर भएका थिए । केही बेर तितरवितर भएपछि पुनः उनीहरु संगठीत भएर कार्यक्रम गर्ने कोशिसमा रहेका छन् । प्रहरीले केही प्रदर्शनकारीहरुलाई पक्राउ समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्