१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


बुद्धका सन्देशलाई विश्वभर प्रचार-प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छ : पूर्वराष्ट्रपति भण्डारी


0
Shares

बुटवल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार-प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताउनुभएको छ ।

लुम्बिनीमा शुक्रबार थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्व राष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्व आजको समयमा झनै बढेको उल्लेख गर्नुभयो ।

लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल भएको उल्लेख गर्दै उहाँले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्वपूर्ण भूमिका रहने भन्दै उहाँले बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि तीन तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो । लुम्बिनी विकास गुरुयोजनाका अनुसार ४२ वटा प्लट निर्धारण गरिएका छन् ।