१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


जनतालाई प्रभुहरुको खाँचो छैन : विप्लव


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले राजावादीहरुलाई लक्षित गर्दै नेपाली जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गर्नुभएको छ ।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रबार काठमाडौं गरेको बृहत आमसभालाई सम्बोधन गर्दै महासचिव चन्दले केही तत्वहरु गणतन्त्र उल्ट्याउने प्रयासमा रहेको भन्दै जनतालाई प्रभुहरुको खाँचो नभएको टिप्पणी गर्नुभएको हो । उहाँले सामन्तवादी वन्धन, सामन्तवादी प्रवृत्ति र सामन्तवादी हैकम तथा अधिनायकवादीलाई जनताले परास्त गरेर गणतन्त्रमा प्रवेश गरेको भन्दै व्यवस्था उल्ट्याउनेबारे नसोच्न चुनौती दिनुभयो ।

नागरिकका सबै चाहानाहरु पुरा हुन नसके पनि जनताले गणतन्त्रप्रति गौरव गरिरहेको महासचिव चन्दको भनाइ छ । उहाँले जनतासँग हारेर सत्ता गुमाएका तत्वहरु विदेशीको उत्साहटमा गाण्तन्त्रको विरुद्धमा षड्यन्त्र गरिरहेको बताउनुभयो ।

महासचिव चन्दले गणतन्त्रको पक्षमा लडेका नागरिकहरु अधिकार सम्पन्न भइनसकेका कारण आफूहरु अगाडि बढ्न खोजिरहेको बताउनुभयो ।