
फाइल तस्बिर
काठमाडौं । राजधानीमा राजावादी शक्तिहरुले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले उपत्यकाका केही स्थानमा कर्फ्यु आदेश जारी गरेको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले अपरान्ह ५ बजेदेखि राती १० सम्मका लागि काठमाडौंका सिनामंगल, तीनकुने, कोटेश्वर, मनोहरा, जडीबूटीलगायतका स्थानमा कर्फ्यु आदेश जारी गरेको हो ।
यस्तै पुरानो बानेश्वर, शंखमूल, बालकुमारी क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्यु आदेशलगत्तै त्यस क्षेत्रमा नेपाली सेनालाई तैनाथ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्