
काठमाडौं । राजावादी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ ।
काठमाडौंको तीनकुनेमा प्रहरीले हानेको गोली लागेर काठमाडौं, कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
घाँटीमा गोली लागेका महर्जनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यले गम्भीर घाइते अवस्थामा साढे ४ बजे अस्पताल ल्याउँदा नै महर्जनको मृत्युु भईसकेको जानकारी दिनुभयो । प्रदर्शनका क्रममा अन्य २५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा राखिएको छ भने घाइतेहरूको अवस्था खतरामुक्त रहेको अस्पतालका प्रबन्धक नारायण ढकालले बताउनु भएको छ ।
घाइते मध्ये केही सुरक्षाकर्मी पनि रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्