१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


तीनकुनेको प्रदर्शनमा दुई जनाको मृत्यु, एक जना एभिन्युज टेलिभिजनका क्यामेरापर्सन


5.499k
Shares

काठमाडौं । राजावादी आन्दोलनका क्रममा शुक्रबार दुई जनाको ज्यान गएको छ ।

एक जनाको प्रहरीले चलाएको गोली लागेर मृत्यु हो भने एक जनाको आगजनी भएको घरमा निसास्सिएर मृत्यु भएको हो ।

तीनकुनेमा प्रहरीले हानेको गोली लागेर काठमाडौं, कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । घाँटीमा गोली लागेका महर्जनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यले गम्भीर घाइते अवस्थामा साढे ४ बजे अस्पताल ल्याउँदा नै महर्जनको मृत्युु भईसकेको जानकारी दिनुभयो ।

यस्तै तीनकुनेस्थित एक घरमा भएको आगजनीमा परेर एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रकजको मृत्यु भएको हो । उक्त भवनमा आन्दोलनको भिडियो खिचिरहेका बेला अचानक आगलागी भएकोमा बाहिर निस्कन नपाई निसास्सिएर उनको मृत्यु भएको हो । उनी त्यहाँ थुनिएको खबर प्रहरी र काठमाडौंका सीडीओलाई गर्दा समेत उद्धार नगरिएको एभिन्युज टेलिभिजनले जनाएको छ । प्रदर्शनका क्रममा अन्य २५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पतालमा राखिएको छ भने घाइतेहरूको अवस्था खतरामुक्त रहेको अस्पतालका प्रबन्धक नारायण ढकालले बताउनु भएको छ । घाइते मध्ये केही सुरक्षाकर्मी पनि रहेको अस्पतालले जनाएको छ ।