१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


हट्यो तीनकुने क्षेत्रको कर्फ्यू


0
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा जारी गरेको कफ्र्यु आदेश हटाएको छ ।

काठमाडौं प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै काठमाडौंको तीनकुने र त्यस आसपासको क्षेत्रमा लगाइएको कफ्र्यु आदेश हटाएको जनाएको हो ।

हिजो दिउँसो ४ः२५ देखि राति १० बजेसम्मका लागि लगाइएको कफ्र्यु आदेश पुनः बढाएर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो । स्थिति सहज भइनसकेकाले आदेश लम्ब्याइएको थियो । स्थिति सामान्य भएकाले प्रशासन कार्यालयले सूचनामार्फत कफ्र्यु हटेको जनाएको हो ।