२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025

सर्लाहीमा पत्रकारको प्रदर्शन


117
Shares

सर्लाही । समाचार संकलनका क्रममा पत्रकारको हत्या तथा सञ्चारमाध्यममाथि भएका आक्रमणको विरोधमा सर्लाहीका पत्रकारले शनिबार सदरमुकाम मलङ्गवामा प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघ, सर्लाही शाखाको आयोजनामा जिल्लाभरका पत्रकार भेला भएर विरोध र्याली तथा कोण सभा गरेका हुन् ।

घटनाको विरोधमा देशव्यापी प्रदर्शनको कार्यक्रमअनुसार सर्लाहीका पत्रकारले मलङ्गवास्थित शहीद चोकबाट विरोध ¥याली निकालेर नगर परिक्रमा गरेका थिए ।