
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
शनिबार भएको खेलमा नेपाल आर्मी ६ विकेटले पराजित भएको हो ।
नेपाल आर्मी क्लबले दिएको एक सय ५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५ ओभर दुई बलमा चार विकेट गुमाएर भेट्टायो । पुलिसका लागि कुशल भुर्तैलले सबैभन्दा धेरै ६१ रन बनाए । यस्तै अमित श्रेष्ठले ३९ र दीलिप नाथले नटआउट ३१ रन बनाए । आर्मीका लागि शाहब आलामले तीन र नरेन साउदले एक विकेट लिए ।
त्यसअघि रूपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङ गरेको पुलिस ४३ ओभरमा एक सय ५४ रनमा अलआउट भयो । आर्मीका लागि बसिर अहमदले नटआउट ८६ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले २९ र विवेक यादवले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सकेनन् ।
पुलिसका करन केसी र सागर ढकालले समान तीन विकेट लिए । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशी र गुल्शनकुमार झाले समान एक विकेट लिए । आजको जीतसँगै प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले तीन पटक र आर्मीले एकपटक उपाधि जितेको छ ।
प्रतिक्रिया दिनुहोस्