
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले निरन्तर सुधारको बाटोबाट मात्रै परिवर्तनको बाँकी काम पूरा हुने दाबी गर्नुभयो । उहाँले राजनीतिक दलहरुले पनि आफ्ना व्यवाहार सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
उपमहासचिव शर्माले जनताले राजनीतिक दलहरुबाट सुधार मागिरहेको भन्दै हरेक क्षेत्रमा सुधार गर्ने प्रतिवद्धता जनाउनुपर्ने बताउनुभयो । उहाँले आफ्ना कमजोरीको आत्मलोचनासहित जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
आन्दोलनकारीहरुको माग, भावनालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । संघीय लोकतन्त्र बिथोल्न हिंसा र अराजकता फैल्याउने काम भइरहेको भन्दै त्यसप्रति गम्भीर हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्