
काठमाडौं । गृहमन्त्री रमेश लेखक शनिबार एभिन्युज टेलिभिजन पुग्नुभएको छ ।
शुक्रबार राजावादीहरुको प्रदर्शनको दृश्य छायाँकनका क्रममा एभिन्युज टेलिभिजनका क्यामराम्यान सुरेश रजतकोे निधन भएको विषयमा एभिन्युजका अध्यक्ष भाष्कर राजकर्णिकार र रजतका परिवारजनसंग भेट गर्न गृहमन्त्री एभिन्युज टेलिभिजन पुग्नु भएको हो ।
सोही क्रममा गृहमन्त्री रमेश लेखकसँग एभिनन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज कर्णिकारले गृहमन्त्री समक्ष तिन वटा माग राखेको जानकारी दिनुभयो । जसमा सुरेश रजतलाई शहिद घोषणा गर्नुपर्ने, परिवारजनको पालनपोषणका लागि सरकारले उचित क्षतिपुर्ति दिनुपर्ने र घटनाको बिषयमा छानबिन गरी सत्य तथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्नुपर्ने माग अघि सारेको जानकारी दिनुभयो ।
सोही क्रममा गृहमन्त्री लेखकले भने रजतको निधनको बिषय गम्भीर भएकाले यस बिषयमा सरकारसंग छलफल गरी निर्णय गर्ने जानकारी दिनुभएको बुझिएको छ । रजतका परिवारजन शसनबार बिहानैदेखि एभिन्युज टेलिभिजनको कार्यालयमा पुगी अध्यक्ष भाष्कर राजकर्णिकारसंग पटक पटक छलफल गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्