
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरुको षड्यन्त्र समाजवादी मोर्चाले असफल पारेको दाबी गर्नुभएको छ ।
शनिकार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष दाहालले समाजवादी मोर्चाले ठूलो जनसमुदायबीच विरोध सभा नगरेको भए राजावादीहरुले ठूला आपराधिक घटना गराउने दाबी गर्नुभयो । उहाँले आफूले राजावादीहरुले ठूला घटना गराउने योजना बनाएको सूचना पाएको दाबी गर्नुभयो । उहाँले राजावादीहरुलाई आततायी र विवेक शुन्य तत्वको संज्ञा दिँदै विगतमा निरंकुस राजतन्त्र सत्तामा हुँदा प्रेसलाई अंकुस लगाउने काम गरेको भन्दै राजावादीहरुको आक्रमणको निशाना पनि प्रेस नै भएको जिकिर गर्नुभयो । सत्य सूचना प्रवाह गरी अग्रगमन र स्थिरताको चेतना फैलाउने प्रेस जगत प्रतिगामी तत्वसँग सचेत बन्नुपर्ने उहाँको भनाइ छ ।
अध्यक्ष दाहालले गणतन्त्रवादी दलहरुकाले लोकतन्त्रप्रतिको प्रतिवद्धता र संकल्प स्थापित गर्नका लागि ठूलो संख्याको जनसमुदायबीच विरोध सभा गरेर उदाहरण प्रश्तुत गरेको जिकिर गर्नुभयो । गणतन्त्रमाथि प्रहार भइरहेका बेलामा सरकारमा रहेका दलहरुले आफ्नो क्रियाकलाप सच्याएर गणतन्त्र बलियो बनाउने कार्यमा लाग्नुपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्