
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिनुभएको छ ।
शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुले सोधेको जिज्ञासामा अध्यक्ष लिङ्देनले पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन चुनौति दिनुभएको हो. । उहाँले आफूले चुनाव जित्ने बहानाले मात्रै राजाको नाम नलिएको भन्दै राजसंस्था देशको आवश्यकता भएको बताउनुभयो ।
अध्यक्ष लिङ्देनले तीनकुनेको घटनाका बारेमा पूर्वराजाको नाम जोडिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसबारेमा आफ्नो कुनै टिप्पणी नभएको बताउनुभयो । राजालाई कुनैपनि विवादमा तान्नु नहुने उहाँको भनाइ छ ।
अध्यक्ष लिङ्देनले तीनकुनेमा भएको प्रदर्शनमा सरकारले हिंसा भड्काएको आरोप लगाउनुभयो । उहाँले हिंसा भड्काएको आरोपमा सरकारले पक्राउ गरेको नेता रविन्द्र मिश्र, डा. धवलस समशेर राणा र अधिवक्ता स्वागत नेपाललाई २४ घण्टाभित्र रिहा नगरे पार्टीले देशभर विरोधका कार्यक्रम शुरु गर्ने चेतावनी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्